काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने प्रक्रिया दिएका छन्।
कोरोना भाइरसविरुद्धको खोप लगाउन शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा आएका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिए । ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान्’ उनले भने, ‘उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षकै क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ ।’
विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए पनि विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताएका छन् । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड