नयाँ सरकार गठनका लागि काँग्रेस सभापति देउवाले बोलाए बैठक, माधव नेपाल सहित ४ नेता बिच छलफल

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, ०९ : ३१
नयाँ सरकार गठनका लागि काँग्रेस सभापति देउवाले बोलाए बैठक, माधव नेपाल सहित ४ नेता बिच छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठनको दावी गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पहल थालेका छन् ।

देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग परामर्श थालेका छन् । देउवा निवास बुढानिलकण्ठमा कांग्रेसमाओवादी र जसपा तथा माधव नेपाल समुह समेत सहभागी भएर छलफल हुन लागेको छ ।

कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । राष्ट्रपतिले वैशाख ३० गते साँझ ९ बजेसम्म दावी पेश गर्न दिएको समयसीमाभित्र बहुमत दावी गर्ने तयारी देउवा र प्रचण्डको छ ।

जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ । माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस