खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह

एजेन्सी

आइतबार, २६ बैशाख २०७८, २१ : २३
खोपको समानुपातिक वितरणका लागि फ्रान्सको आग्रह

काठमाडौं । फ्रान्सका राष्ट्रपति म्याक्रोँ नयाँ कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिका लगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गर्नुभएको छ । 

उहाँले कुनै देशको नाम उल्लेख नगरिकनै भन्नुभयो, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।” 

गत साताको अन्त्यमा पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्राँेले भन्नुभयो, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्राँेले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गर्नु भएको आफ्नो समाचारमा उल्लेख गरेका छन् । 

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत खोप हो । 

प्रतिक्रिया दिनुहोस