गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १७ : ११
गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएपछि उनले राजीनामा दिएका हुन् ।

उक्त प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । गत साता मात्रै गण्डकीको प्रदेश प्रमुखमा नेकपा एमालेले सीता पौडेललाई नियुक्त गरेको थियो ।

यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस