पछिल्लो २४ घण्टामा थपिए ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १६ : ४२
पछिल्लो २४ घण्टामा थपिए ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८ हजार ७ सय ७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो

यस्तै काठमाडौँ उपत्यकामा मात्र ४ सय १ सय ९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १ सय ६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५ सय ३३ र भक्तपुर ५ सय ४ जना संक्रमित भेटिएका हुन् ।

यस्तै देशभर थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस