बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, ०७ : ५२
बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनका अनुसार वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस