चितवनमा सात संक्रमितको मृत्यु, २५२ संक्रमितको उपचार हुँदै

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १७ : ३५
चितवनमा सात संक्रमितको मृत्यु, २५२ संक्रमितको उपचार हुँदै

चितवन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार चितवनका तीन ठूला अस्पतालमा २५२ जना संक्रमितको उपचार भइरहेको छ । 

चितवन मेडिकल कलेजमा ३ जना, पुरानो मेडिकल कलेजमा २ जना र होम आइसोलेसनमा रहेका २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

चितवनका अस्पतालमा यतिबेला ११ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ५९ जनाको आइसियुमा उपचार भइरहेको छ । अन्यको एचडियु र जनरल वार्डमा उपचार भइरहेको छ । मेडिकल सिटी भनेर चिनिएको भरतपुरका तीन ठूला अस्पताल (भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज) मा कोरोनाका उपचार भइरहेको छ ।  

चितवनमा कोरोना संक्रमण भयावह बन्दै गएको चिकित्सकहरुले बताएका छन् । चितवनमा पछिल्लो २४ घन्टामा २०२ जनालाई कोरोना संक्रमण देखिएको छ । चितवनमा आजसम्म १२७ जनाको मृत्यु भइसकेको छ भने आठ हजार ८६९ जना संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस