६ वर्षीया बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १२ : ४०
६ वर्षीया बालिका बलात्कारको आरोपमा एक किशोर पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।

वैशाख १६ मा उनले बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस