संसद अधिवेशन आह्वान गर्नुपर्ने बेला अध्यादेश जारी गर्नु संविधानको मर्म र लोकतन्त्रको उपहास : भिम रावल

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, ११ : १८
संसद अधिवेशन आह्वान गर्नुपर्ने बेला अध्यादेश जारी गर्नु संविधानको मर्म र लोकतन्त्रको उपहास : भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गर्नु संविधानको मर्म र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् । 

बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सो कुरा बताएका हुन् । उनले अध्यादेश ल्याउनु संविधानको मर्म र लोकतन्त्रको उपहास भएको बताएका छन् ।  रावलले लेखेका छन्–‘संसदको अधिवेशन अनिवार्य आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी, संविधानको मर्म र लोकतन्त्रको उपहास ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै यही वैशाख २७ गतेको लागि संसद्को अधिवेशन आह्वान गरेका छन्। यही बीचमा मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेपछि  नेता रावले त्यसलाई उपहासको संज्ञा दिएका हुन् । पार्टी गतिविधि काम गरेको भन्दै रावललाई पार्टी अध्यक्ष ओलीले कारवाही गरि निलम्बनमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस