भारतका तेलंगना राज्यको एक चिडियाखानामा देखियो आठ सिंहलाई कोरोना

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १२ : १८
भारतका तेलंगना राज्यको एक चिडियाखानामा देखियो आठ सिंहलाई कोरोना

file photo

नयाँदिल्ली । भारतको एउटा चिडियाखानामा आठ सिंहमा कोरोनाभाइरस संक्रमण भएको पाइएको छ । तेलंगना राज्यस्थित नेहरु जुलजिकल पार्क (एनजेडपी) मा राखिएको आठ सिंहमा कोरोना संक्रमण पुष्टि भएको सेन्टर फर सेलुलर एन्ड मोलिक्युलर बायोलोजी (सीसीएमबी) लाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

“सिंहमा कोरोनाको लक्षण देखिएको कुरा सत्य हो । तर, सीसीएमबीबाट परीक्षणको रिपोर्ट प्राप्त नभइसकेको अवस्थामा टिप्पणी गर्नु ठिक नहोला,” एनजेडपीका निर्देशक डा. सिद्धानन्दकुक्रेतीले भने । गत वर्ष अप्रिलमा अमेरिकाको एउटा चिडियाखानामा आठ बाघ र सिंहमा कोरोना पुष्टिपश्चात विश्वमा सिंहमा कोरोना देखिएको यो दोस्रो घटना हो ।

यद्यपि, हङकङमा कुकुर र बिरालोमा भने संक्रमण पुष्टि भएको थियो । स्रोतका अनुसार अप्रिल २४ मा एनजेडपीका पशु चिकित्सकले चार भाले र चार पोथी सिंहमा खाना नखाने, नाकबाट पानी बग्नेलगायत कोभिड–१९ को लक्षणहरु भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस