निषेधाज्ञाभर रोकियो जग्गा किनबेच

पत्रपत्रिकाबाट

मंगलबार, २१ बैशाख २०७८, ०७ : ३२
निषेधाज्ञाभर रोकियो जग्गा किनबेच

काठमाडौं । निषेधाज्ञाभर जग्गा खरिद तथा बिक्री कारोबार गर्न नमिल्ने भएको छ । निषेधाज्ञाभर सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएकाले जग्गा खरिदबिक्री गर्न नमिल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

‘मालपोत कार्यालयहरूमा प्रगति प्रतिवेदन तयार गर्ने, छुटेका विवरण राख्नेलगायत आन्तरिक काम मात्र भइरहेका छन्,’ उनले भने । मालपोत कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिले संक्रमणको जोखिम निम्त्याउन सक्ने भएकाले निषेधाज्ञाभर बाह्य सेवा बन्द गरिएको उनको भनाइ छ ।

यसकै लागि विभागले मालपोत कार्यालयमा हुने सेवाग्राहीको उपस्थितिलाई कम गर्न अनलाइनमा आधारित ‘भू–सेवा केन्द्र’ अर्थात् पब्लिक एक्सेस मोडल ९पाम० सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस