दाङमा पार्किङ गरि राखेको भारतिय नम्बर प्लेटको गाडीमा ३ वटा शव फेला

रासस

शनिबार, १८ बैशाख २०७८, २१ : ४०
दाङमा पार्किङ गरि राखेको भारतिय नम्बर प्लेटको गाडीमा ३ वटा शव फेला

तुलसीपुर । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले जानकारी दिएका हुन ।

कतिपयले ती शवहरु बलका भएको बताएपनि घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा शव फेला परेको जानकारी मात्रै दिएका छन् । ‘ चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले भने ‘ बेलका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’

घटानाको प्रकृति नियाल्दा गम्भीर प्रकुतिको देखिएको हुदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए । डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए । mशनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टापले गन्ध आएको हुँदा कार भित्र हेर्दा ती शबहरु देखेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस