कोरोना रोकथाम तथा भेन्टिलेटर किन्न संसदीय विकास कोषबाट वीरगञ्जका दुई सांसदले गरे ५८ लाख रकम प्रदान

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, १२ : ०१
कोरोना रोकथाम तथा भेन्टिलेटर किन्न संसदीय विकास कोषबाट वीरगञ्जका दुई सांसदले गरे ५८ लाख रकम प्रदान

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले संयुक्तरुपमा  कोभिड–१९ को रोकथाम र उपचारको लागि भेन्टिलेटर किन्न र आईसोलेसनमा लागने स्वास्थ्य समाग्रीका लागी ५८ लाख ८ हजार रकमको सहयोग गरेका छन् ।

बुधवार नै जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा बिभिन्न योजना अन्तर्गतको विनियोजित बजेट कट्टा गरी अहिले स्थानीयवासीको जिवन रक्षा र कोविड महामारीको प्रकोप रोकथामको बिषयमा गहन छलफल भएको थियो ।

छलफलमा निर्वाचन क्षेत्र नं। १ र २ को संसदिय विकास कोषबाट संचालित स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोभिड १९ नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरिएको छ । साथै संसदिय निर्वाचन क्षेत्र नं. १ र २ को  योजनाहरुको ५८ लाख ८ हजार रुपैया वीरगन्ज महानगरपालिकालाई भेन्टीलेटर र स्वास्थ्य उपकरण खरिदका लागी दिने निर्णय वैठकले गरेको छ ।  

सरकारको निति अनुसार स्थानिय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउँन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद प्रदिप यादवले बताए । बैठकबाट निर्वाचन क्षेत्र नं। १ र २ अन्तर्गत पर्ने स्थानिय तह वीरगन्ज महानगरपालिकालाई परिपत्र गरी सो वारे जानकारी गराउँने निर्णय गरिएको पर्सा निर्वाच क्षेत्र नं. १ का संघिय सांसद यादवले बताउनु भएको छ ।

उनले चाडै खरिद प्रक्रिया पुरा गरी जनताको सेवामा लाग्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाले कोरोना नियन्त्रणको लागि यो रकमले थप कार्य गर्न सहज हुने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादवको संसदीय विकास कोषबाट ख़रीद गरिएको एम्बुलेन्स र शव वाहन पर्सा क्षेत्र नं.१ मा पर्ने वीरगंज महानगरपालिकालाई यसै हप्ता उद्घाटन गरी हस्तान्तरण गरेका छन् । 

स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना महामारी नियन्त्रणका लागी प्रस्तावित विकास वजेट बाट कट्टा गरेर कोरोना रोकथामका लागी रक़म जुटाउने कार्य गरिएको सांसद यादवले बताए ।
 

प्रतिक्रिया दिनुहोस