रुखको हाँगाले लागेर एक महिलाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ११ : ५३
रुखको हाँगाले लागेर एक महिलाको मृत्यु

दैलेख । हावाहुरीका कारण शिरीषको रुखको हाँगा भाँचिएर लाग्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका – ५ तलिगाउँ निवासी ६८ वर्षीय जौमती जैसीको मृत्यु भएको हो ।

‘स्याउला संकलन गरेर  भारी बोक्नै लाग्दा अचानक हाँगो बजारिएछ,’ उक्त वडाका वडाअध्यक्ष नारायण रेग्मीले भने ,‘ हाँगो शरीरमा खसेपछि घटनास्थलमै मृत्यु भयो  ।’  

प्रतिक्रिया दिनुहोस