कोभिडको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि शुरू , निक्षेप र कर्जा दुवै ऋणात्मक

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १६ : १६
कोभिडको प्रभाव बैंक तथा वित्तीय संस्थामा पनि शुरू , निक्षेप र कर्जा दुवै ऋणात्मक

काठमाडौं । कोभिड १९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थासमेत पर्न थालेको छ ।महामारीको त्रासका कारण कर्जा र निक्षेप दुवै घट्न थालेको बैंकहरूले बताएका छन् ।

चाँडै निषेधाज्ञा वा लकडाउन हुन सक्ने आँकलनले उद्योगी व्यवसायी र निक्षेपकर्ताले वित्तीयरुपमा सुरक्षित हुन खोजेपछि बैंकिङ क्षेत्रमा असर देखिएको हो । वैशाखमा ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाको निर्णयले पनि कर्जा प्रवाहमा असर गरेको छ ।

वैशाख महिनाको पहिलो सातामा १७ अर्ब रूपैयाँ र दोस्रो सातामा ५ अर्ब गरी दुई सातामा २२ अर्बले निक्षेप घटेको छ । यस्तै, वैशाखको पहिलो साता कर्जा प्रवाह ८ अर्बले ऋणात्मक भएको छ । चैत महिनासम्म आक्रामकरूपमा कर्जा विस्तार गरेका बैंकहरूले तरलता अभाव हुन थालेको भन्दै वैशाख महिनाका लागि ब्याजदर वृद्धि गरेका थिए ।

अधिकांश वाणिज्य बैंकले वैशाख महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा निक्षेपतर्फको ब्याजदर वृद्धि गरेका छन् । जसले गर्दा बैंकहरूको कर्जातर्फको ब्याजदर पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस