इनारमा डुबेर दाङमा एक बालकको मृत्यु

रासस

शुक्रबार, १० बैशाख २०७८, १८ : ४३
इनारमा डुबेर दाङमा एक बालकको मृत्यु

दाङ । दाङमा इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी ६ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
 

प्रतिक्रिया दिनुहोस