एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइयो, कोको परे (सुचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १३ : ३१
एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइयो, कोको परे (सुचीसहित)

काठमाडौं । बालुवाटारमा नेकपा एमालेको बैठकले स्थायी कमिटीका सदस्यहरु चयन गरेको छ । स्थायी कमिटी सदस्यबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।

साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।

एमाले स्थायी कमिटी
१। केपी शर्मा ओली
२। वामदेव गौतम
३। ईश्वर पोखरेल
४। रामबहादुर थापा बादल
५। विष्णु पौडेल
६। सुवास नेम्वाङ
७। शंकर पोखरेल
८। प्रदीप ज्ञवली
९। लेखराज भट्ट
१०। टोपबहादुर रायमाझी
११। सत्यनारायण मण्डल
१२। विष्णु रिमाल
१३। छविलाल विश्वकर्मा
१४। पृथ्वीसुब्बा गुरुङ्ग,
१५। रघुबीर महासेठ
१६। किरण गुरुङ
१७। केशव बडाल
१८। पुष्पराज कडेंल

१९। मणि थापा

प्रतिक्रिया दिनुहोस