चितवन प्रशासनले भन्यो– एसइईबाहेकका सबै परीक्षा वैशाख मसान्तभित्र सकौँ

सफल खबर संवाददाता

विहीबार, ०९ बैशाख २०७८, १५ : २९
चितवन प्रशासनले भन्यो– एसइईबाहेकका सबै परीक्षा वैशाख मसान्तभित्र सकौँ

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड–१९ नियन्त्रण गर्न १३ बुँदे निर्देशन जारी गरेको छ । प्रशासनले सूचना जारी गर्दै दिएको १३ बुँदे निर्देशन पालना गर्न सबैमा आग्रह गरेको छ । सो निर्देशन पालना नगर्नेलाई कारबाही गरिने प्रशासनको भनाइ छ । 

प्रशासनले भरतपुर महानगरबाहेक अन्य चितवनका ६ पालिकामा एसइई बाहेकका सबै परीक्षाहरु वैशाख मसान्तभित्र सक्न निर्देशन दिएको छ । 
स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न र  सभा, सम्मेलन, गोष्ठी, समीक्षा बैठक, तालिम जस्ता कार्यक्रममा  २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ । पसल तथा सार्वजनिक स्थानमा स्यानिटाइजर र मास्क अनिवार्य  प्रयोग गर्नेसमेत भनिएको छ ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस