नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको देउवाको ब्रिफिङ

पत्रपत्रिकाबाट

विहीबार, ०९ बैशाख २०७८, ०७ : ४७
नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको देउवाको ब्रिफिङ

काठमाडौं । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् । 

कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’ देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थियो ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस