कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १३ : ४४
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

काठमाडौं । बाँकेमा कोरोना भाइरस कोभिड १९ संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको हो ।

पक्षघातसम्बन्धी रोगको उपचार गराएर वैशाख ४ गते भारतबाट फर्केका उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि चिकित्सकसँगको समन्वयमा परिवारजनले उनलाई घरमै लगेर गएका थिए । परिवारजनका अनुसार आइतबार राति १२ बजेको समयमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस