जर्बजस्ती वेश्यावृत्ति गराएको आरोपमा होटल संचालक पक्राउ

रासस

सोमबार, ०६ बैशाख २०७८, ०९ : ४९
जर्बजस्ती  वेश्यावृत्ति गराएको आरोपमा होटल संचालक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।

गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले बताए । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले बताए । प्रहरीले गौतमलाई वैशाख ४ गते पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस