नेपाल पस्न खोज्ने दुई चिनियाँ सीमाबाट समातिए

पत्रपत्रिकाबाट

सोमबार, ०६ बैशाख २०७८, ०७ : २५
नेपाल पस्न खोज्ने दुई चिनियाँ सीमाबाट समातिए

काठमाडौं । भारतबाट पूर्वी नाका हुँदै अवैधानिक रुपमा चिनियाँ नागरिकले नेपाल प्रवेशको प्रयास गरेको खुलेको छ ।

नक्सलवारी नजिकैको बरामनीराम जोतबाट दुई चिनियाँ शुक्रबार पक्राउ परेपछि यस्तो खुलासा भएको हो । 

पश्चिम बंगालमा जारी विधानसभा निर्वाच्नका कारण नाका शिल थियो । उनीहरु नक्सलवारी–बाहुनडाँगी नाका भएर नेपाल पस्न लागेका थिए । 

भारतीय सीमा सुरक्षा बलको आठौं बटालियन कम्पनीका सुरक्षाकर्मीले चेन जिफा र डिंग सु सेन्गलाई पक्राउ गरेको खबर कान्तिपुरमा छापिएको छ ।