आधिकारिको माग गर्दै निर्वाचन आयोग पुग्यो नेपाल-खनाल पक्ष

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, २० : १९
आधिकारिको माग गर्दै निर्वाचन आयोग पुग्यो नेपाल-खनाल पक्ष

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल खेमाले आफूलाई आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।

सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।

निवेदनमा अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ र चैत ७ गते केन्द्रीय कमिटीका सबै निर्णय अवैधानिक भएको निष्कर्ष निकाल्दै त्यो फिर्ताका लागि आग्रह गरिएको छ ।

यो राजनीतिक दल सम्बनधी ऐन अनुसार नाम, दलको छाप, विधान, झण्डा वा चिन्ह र दलको निर्णयको आधिकारिता सम्बन्धी विवाद भएमा आयोगले निरुपण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस