हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०३ बैशाख २०७८, ०९ : ३६
हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजनाको मृत्यु

सप्तरी । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका(१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको शुक्रबार बिहान मृत्यु भएको हो ।

कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस