ईआरपी प्रणालीमा जाँदै निगम, व्यवसायी असन्तुष्ट

सफल खबर संवाददाता

विहीबार, ०२ बैशाख २०७८, ०८ : १०
ईआरपी प्रणालीमा जाँदै निगम, व्यवसायी असन्तुष्ट

काठमाडौं । नेपाल आयल निगम बैशाख ३ गतेदेखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएपनि  पेट्रोलियम व्यवसायीले भने तयारी नपुगेको बताएका छन् । तर निगम भने बैशाख देखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन)देखि पूर्ण रूपमा कार्यान्वयन गर्नेभएको छ । 

ईआरपी प्रणालीमा जानु भन्दा पहिला बिक्रेता नियमावली संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, “ईआरपी कार्यान्वयनमा हामीले सैद्धान्तिक रूपले नमानेको होइन । बिक्रेता नियमावली संशोधन गर्नुपर्नेछ, त्यसमा निगम सकारात्मक भइसकेको छ तर यो प्रविधि भएकाले प्रशिक्षण जरुरी हुन्छ, उद्घाटन गर्न हतार गर्नुभएन ।”

प्रतिक्रिया दिनुहोस