काठमाडौं । काठमाडौंको नयाँ बसपार्क मित्रनगरको एक होटलमा एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।
शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्तले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको घुडामा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०७७, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता