प्रदेश १ का अर्थमन्त्री आङबुहाङको पुन र्नियुक्ति,आजै सपथग्रहण

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १५ : ४७
प्रदेश १ का अर्थमन्त्री आङबुहाङको पुन र्नियुक्ति,आजै सपथग्रहण

काठमाडौं । माओवादी केन्द्रको कारवाहीपछि प्रदेशसभा सदस्य पद गुमाएका प्रदेश १ का टंक आङबुहाङलाई मुख्यमन्त्री शेरधन राईले अर्थ तथा योजना मन्त्रीमा पुनः नियुक्ति गरेका छन् ।

आङ्बुहाङको प्रदेशसभा सदस्य पद विहीवार रिक्त भएको थियो । उनलाई पुनः नियुक्ति गरि आजै साँझ साढे ५ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सपथग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

माओवादी संसदीय दलका नेता समेत रहेका उनी नेकपा विवादकै बेला प्रचण्डलाई छाडेर केपी ओली पक्षमा लागेका थिए । उनी एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस