गोलि हानी हत्या कान्डका अभियुक्त १२ बर्ष पछि पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ०८ : ४५
गोलि हानी हत्या कान्डका अभियुक्त १२ बर्ष पछि पक्राउ

काठमाडौं । कपिलवस्तुमा १२ बर्ष अघि  गोलि हानेर एक ब्यक्तीको हत्या  गर्ने  फरार  अभियुक्त त्यहाँको  प्रहरीले  पक्राउ गर्न सफल भएको  छ ।

२०६५  साल  कार्तिक  १४ गते  राती  जिल्ल्लाको  साबिक जवहारी  गाबिस  वडा नम्बर  ७  का  बिश्वनाथ  यादवलाई घरमा  पुगेर  केही  काम  छ  बनी  बोलाएर केहि  पर  लगेर  साबिक   शिवपुर   गाबिस  वडा  नम्बर २  का  चुलबुल  यादव  भन्ने  हरिलाल यादव, अलविर मुसलमान भन्ने  आलम  शेष र  असलभ  मुसलमान समेतका ब्यक्तिले घाँटी र  दाहिने  छातिम  गोलि हानी  हत्या  गरेका  थिए  । 

हत्या घटना पछि  हाल  सम्म  फरार  रहेका  असलभ शेषलाइ जिल्ला  प्रहरी  कार्यालय बाट    डिसपी  धर्मराज  भन्डारिको  कमान्डमा  खटिएको  टोलिले यशोदा  गाउँपालिका ७  मर्यादापुर बाट  पक्राउ  गरेको  हो ।

जिल्ला प्रहरी  प्रमुख  एसपी नवराज  अधिकारिका  अनुसार  निजलाइ  अदालतमा  पेश  गरि  सर्वस्व  सहित  जन्म कैद सजायका  लागि  जेल  चलान  गरिएको  छ  ।

प्रतिक्रिया दिनुहोस