महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–८ स्थत धर्मपुराबाट हिजोदेखि हराइरहेका ७ जना किशोरी तथा बालिका भारतको सीतामढीमा भेटिएका छन् ।
भंगाहाका मेयर संजिव कुमार साहले हिजो बेपत्ता भएकाहरू बिहार राज्यको सीतामढीमा भेटिएको दाबी गरेका छन् । यताप्रहरीले भने महोत्तरीबाट हराएका किशोरीहरू भारतमा भेटिएको कुरा हालसम्म पुष्टि गरेको छैन । मेयर साहले भनेका छन्–‘स्थानीय र आन्तरिक रूपमा बुझ्दा सीतामढीमा भेटिएकाहरू महोत्तरीबाट हिजो हराएकाहरू रहेको जानकारीमा आएको छ ।’
महोत्तरीको भंगाहा नगरपालिकास्थत धर्मपुराबाट मंगलबार दिउँसो घाँस काट्न गएका सात जना किशोरी तथा बालिका बेपत्ता भएका हुन् ।
घरभन्दा करिब डेढ किलोमिटर पर घाँस काट्न गएका सीमा पासवान (१२ वर्षीया), रञ्जना पासवना (१२), ज्योति पासवान (१३), रिया पासवान (१३), अर्चना पासवान (११), नगीना पासवान (१७) र अस्मिता पासवान (२०) बेपत्ता भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०७७, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
किशोरीको शव गाडिएको अवस्थामा फेला
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिए
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन