भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

रासस

आइतबार, १५ चैत्र २०७७, ११ : २८
भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

नयाँ दिल्ली । भारतमा महिनौंपछि लगातार दोस्रो दिन २४ घण्टामा ६२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अघिल्लो दिन भारतमा ६२ हजार ६ सय ३२ नयाँ संक्रमित भेटिए । यो पछिल्लो १ सय ६४ दिनको सबैभन्दा धेरै हो ।

यसअघि १५ अक्टोबरमा ६३ हजार ४ सय ४१ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा २८ हजार ७ सय २८ जना निको भएका छन् भने यो वर्ष पहिलो पटक एक दिनमा मृत्यु हुनेको संख्या बढेर ३ सय १२ भएको छ ।

यस्तै कोरोनाका बढ्दो संक्रमणका बीच आज मध्यप्रदेशका १२ शहरमा लकडाउन गरिएको छ । यहाँ शनिबार राती १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म ३२ घण्टाको लकडाउन रहनेछ ।

प्रतिक्रिया दिनुहोस