रौतहट । रौतहटमा आधा शरीर जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्दिविक्रम शाहले बताए ।
घटना संकास्पद भएकाले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न एसपी साहले अनुरोध गरे । मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता