एजेन्सी । उत्तर कोरियाले जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापान र अमेरिकी अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न नपाईने उल्लेख भएपनि उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ ।
जापानले क्षेप्यास्त्रको अवशेष आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा भने नपरेको बताएको छ । केही दिनअघि मात्र उत्तर कोरियाले दुई नन बालिस्टिक क्रुज मिसाइललाई येलो सीमा प्रक्षेपण गरेको थियो । क्रुज मिसाइलको परीक्षणलाई प्रतिबन्ध नगरिएपनि बालिस्टिक मिसाइललाई भने खतरनाक हतियार मानिन्छ ।
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पछिल्लो परीक्षणले सो क्षेत्रको शान्ति र सुरक्षामा चुनौति थपिएको बताए । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो अवसर हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ चैत्र २०७७, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा