पठाओको सेवा छिट्टै, यस्तो थियो प्राविधिक समस्या

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १६ : १२
पठाओको सेवा छिट्टै, यस्तो थियो प्राविधिक समस्या

काठमाडौं ।  पठाओको सेवा छिट्टै सञ्चालन हुने भएको छ । पठाओ नेपालले प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुरु गर्ने जनाएको छ ।  मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा रोकिएको थियो । 

पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको पठाओको दाबी गरे । ‘पठाओ फुड र ट्याक्सी सेवा सुरु भएको छ, मोटरसाइकल पनि बुधबार दिउँसोसम्म सेवामा आउने अपेक्षा छ,’ पठाओका एक सदस्यले भने । 

मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणाली (राउटिङ) मा देखिएको समस्या अहिले अपडेट भइरहेको  छ । अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै  ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताइएको छ । 


 

प्रतिक्रिया दिनुहोस