मेरो राजनीतिक जिवन चितवनसग जोडिएको छ : पुर्व प्रधानमन्त्रि प्रचण्ड

विहीबार, १६ कार्तिक २०७४, १७ : ५२
मेरो राजनीतिक जिवन चितवनसग जोडिएको छ : पुर्व प्रधानमन्त्रि प्रचण्ड

चितवन । मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनको प्रत्यक्ष तर्फ माओवादी का अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्डले मनोनय दर्ता गराउनु भएको छ । चितवन क्षेत्र नं। ३ बाट उम्मेदवारी दिन बिहीबार साढे १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो । पार्टी अध्यक्ष्ँ प्रचण्डले बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा मनोमनय दर्ता गराउनु भएको हो ।

पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवन भए पनि उहाले पहिलो पटक चितवनबाट आफ्नो उम्मेदवारी दिनुभएको हो । भरतपुरको केन्दि«य बस टर्मिनलबाट निसकिएको बाम गठबन्धनका नेता सहितको ¥याली मुख्य निर्वाचनको कार्यालयमा आएको थियो । मनोनयन दर्ता पछि भरतपुरको गेष्ठ हाउस चौरमा चुनावी सभा गरिएको थियो ।

चुनावी सभालाई मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गर्नु भएको थियो । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्न मात्र चितवन नआएको प्रष्ट पार्नु भयो । चितवनसग आफ्नो लामो ईतिहास जोडिएको भन्दै उहाले भन्नुभयो – मैले राजनीति चितवनबाट सिकेको हु“ त्यसैले चितवनसग“ आत्मीय सम्बन्ध छ । विभिन्न कारणले गर्दा ११ बर्ष पछि चितवनबाट उम्मेदवारी दिन पाएको छु । यो मेरा लागि गर्वको बिषय हो ।

रोल्पा ,काठमाण्डौ ,सिरहा पछि चितवनबाट चुनाब लड्न पाउनु सौभाग्य ठानेको अध्यक्ष्ँ प्रचण्डले भन्नुभयो । निर्वाचन पछि नेपालको ईतिहासमा एउटा सरकार ५ बर्षसम्म स्थिर रहेन छ । उहाले ३ बर्षमा ४ पटकसम्म सरकार परिवर्तन भएको ईतिहास हामीले देखेका छौ त्यसैले देश समृद्धि तर्फ जान नसकेको उल्लेख गर्नुभयो । देश विकास गर्न बाम एकता भएको समेत प्रष्ट पार्नु भयो । अबको केहि समय पछि देशमा देखिने गरि परिवर्तन आउने दाबी गर्नुभयो । त्यसतै एमाले नेता सुरेन्द« पाण्डेले देशको बिकास अब बामगठबन्धले मात्र गर्न सक्ने बताउनुभयो ।

उहाले निर्वाचन पछि बामगठबन्धन देशकै ठुलो शक्तिको रुपमा उदाउने दाबी गर्नुभयो । बाम एकता देखि नआत्तिन अन्य पार्टीलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस