भक्तपुरको एक होटलमा ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ११ : १८
भक्तपुरको एक होटलमा ग्याँस सिलिण्डर पड्किदा ६ जना घाइते

काठमाडौं । भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ।

घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक-५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्। उनीहरूलाई सबैलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस