जापान । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
शुरूमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्निच्युडको पुष्टि भएको बताएका छन् ।
अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।
स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।
जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए ।
दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनासलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतार हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ ।
सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी शहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए ।
जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०७ चैत्र २०७७, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ विदेश मन्त्री चीन-जापान-कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने
जासुसीको आरोपमा जेलमा परेका आफ्ना नागरिकलाई रिहा गर्न चीनसँग जापानको आग्रह
'एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न, विद्यार्थीलाई झोला वितरण
जापानसँग नेपाल ८-० ले पराजित
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक १३ मन्त्री परिवर्तन
जापानका प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्ने युवकविरुद्ध हत्या अभियोग