एजेन्सी । घरमा राखिएको एउटा क्रिस्टल बलमा घामको किरण पर्दा आगलागी भएको छ जसका कारण घर मालिकलाई २५० हजार डलर (२ करोड ९० लाख रुपैयाँ) को क्षती भएको छ । यो घटना अमेरिकाको विस्कोन्सिनको हो । फायर डिपार्टमेनटका अनुसार घटना गत सोमबारको हो ।
डेल्टोनस्थित एक घरको लिभिङ रुममा काँचको एउटा क्रिस्टल बल राखिएको थियो । झ्यालबाट उक्त बलमा सूर्यको किरण परेको थियो । यसैकारण सबैभन्दा पहिला काउचमा आगो लाग्यो त्यसपछि लिभिङ रुमको अन्य हिस्सामा पनि आगो फैलियो ।
दमकल विभागका अनुसार ठूला झ्यालबाट घामको किरण घरभित्र आइरहेको थियो जुन काँचको बलमा पर्दा आगलागी भयो । फायर डिपार्टमेन्टले काँचको बललले म्यागनिफाइङ ग्लासको रुपमा काम गर्यो ।
साधारणतया घामको किरण ठूलो क्षेत्रफलमा पर्ने गर्छ तर क्रिस्टल बलका कारण घाको किरण एक बिन्दूमा केन्द्रीत भयो जसका कारण आगलागी भयो । यद्यपि, उक्त आगलागीमा मानवीय क्षती भने भएन ।
अमेरिकाको दमकल विभागले मानिसहरुलाई क्रिस्टल, ऐना, काँचका गहना र बोतललाई सूर्यको किरण पर्ने ठाउँमा नराख्न सल्लाह दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ चैत्र २०७७, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि