उत्तरी अफगानिस्ताको बाख्ख प्रान्तमा भएको भिडन्तमामा आठ प्रहरीको मृत्यु

एजेन्सी

आइतबार, २३ फागुन २०७७, १४ : ४५
उत्तरी अफगानिस्ताको बाख्ख प्रान्तमा भएको भिडन्तमामा आठ प्रहरीको मृत्यु

मजार ए सरिफ ।उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए ।

उक्त भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएको उनले बताए । हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन् ।

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन् । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्  ।(रासस–सिन्ह्वा)
 

प्रतिक्रिया दिनुहोस