‘सरकार र ‘विप्लव’ नेकपाबीचको सहमति स्वागतयोग्य : नेता रावल

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, ०८ : ५८
‘सरकार र ‘विप्लव’ नेकपाबीचको सहमति स्वागतयोग्य : नेता रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहका नेता भिम रावलले सरकार र ‘विप्लव’ नेकपाबीच भएको सहमतिले देश शान्तिको बाटोमा लागेको उल्लेख गरेका छन् ।

समामाजिक सञ्जालमा टवीट्रमा ट्वीट गर्दै नेता रावलले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन्।

सरकार र विप्लवबीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् भन्दै उनले शुभकामना दिएका छन्।  ‘नेकपा (विप्लव) शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य छ,’ उनले लेखेका छन्, ‘सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस्। शान्ति प्रक्रियाको एक हिस्सा बनेर दिगो होस्। यसमा योगदान गर्ने सबैलाई धन्यवाद।’

प्रतिक्रिया दिनुहोस