भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

एजेन्सी

शुक्रबार, २१ फागुन २०७७, १५ : २१
भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । 

Yeti Diistillery Tansen Cement box

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ५४८ जना पुगेको छ । 

हाल भारतमा एक लाख ७६ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ३९ हजारभन्दा बढी कोराना मुक्त भएका छन् ।  भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो ।

भारतमा गत सोमबारबाट ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भएको छ  । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २१ करोड १ लाखको हाराहारीमा नमूना परीक्षण गरेको छ । (रासस÷सिन्ह्वा)