अमेरिकामा ५ लाख ३१ हजार कोरोना संक्रमितको मृत्यु

एजेन्सी

विहीबार, २० फागुन २०७७, ११ : ४९
अमेरिकामा ५ लाख ३१ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३५० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ३१ हजार ६५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६६ हजार ८७९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८९ लाख २१ हजार ४०० जनामध्ये १४ हजार ३५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।