काठमाडौं । निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । शुक्रबारबाट सुरु बैठककाे पहिलाे दिन नेताहरुले समसामयिक राजनीति र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा गरेका थिए ।
अहिले बिहान १० बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा अाज पनि नेताहरुले धारणा राख्ने कार्यक्रम छ । निर्वाचन समीक्षा र समसामयिक राजनीतिक विषयमा धारणा राख्ने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले केन्द्रीय समिति बैठक केही दिन लम्बिन सक्ने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस