महोत्तरीमा आगलागी : आठ पसल जलेर नष्ट

शनिबार, १० चैत्र २०७४, १० : ०३
महोत्तरीमा आगलागी : आठ पसल जलेर नष्ट

गौशाला । महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस