ललितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १६ : ३८
ललितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौं । ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

दुर्घटना हुने बेला जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस