दुर्घटना न्यूनीकरण गर्न चालक–सहचालकलाई तालिम

शुक्रबार, ०९ चैत्र २०७४, १० : ११
दुर्घटना न्यूनीकरण गर्न चालक–सहचालकलाई तालिम

 

भक्तपुर । प्रत्येक साता दुर्घटनामा मानिसको मृत्यु हुन थालेपछि जिल्लास्थित महानगरीय प्रहरी परिसर र महानगरीय ट्राफिक प्रहरी परिसरले संयुक्तरुपमा सवारी चालक तथा परिचालकलाई तालीम दिएको छ ।
दुर्घटना रोक्ने र जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले भक्तपुरमा सञ्चालन हुने विभिन्न बस व्यवसायी समितिका बस, ट्रक, टिपरलगायतका चालकलाई सवारी सञ्चालन, सडक लेन पालना, कानूनी कारबाहीलगायतका बारेमा जानकारी दिनका लागि बिहिबारबाट तालीम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासु, भक्तपुरस्थित सम्पूर्ण यातायात समितिका पदाधिकारी, भक्तपुर प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक किरण राणा, प्रनाउ कृष्ण प्रसाइँ, वृत्त ठिमीका प्रमुख प्रनाउ प्रज्वटल महर्जन र वृत्त जगातीका प्रमुख प्रनाउ दीपक श्रेष्ठलगायतले प्रशिक्षण लिएका सवारी चालक एवं सहचालकले प्रशिक्षणमा सिकेका कुरालाई सवारी चलाउँदा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी प्रहरीले ‘सवारीसाधनको गति सीमित गरौँ, बाँचाँै र बचाऔँ’ मूल नारा र ‘नो हर्न प्लिज’ लेखिएको स्टिकर सवारी साधनमा टाँसेर स्टिकर अभियान प्रजिअ पोखरेलले आफू सवार गाडी र एम्बुलेन्समा टाँसेर शुरु गर्नुभएको थियो ।
चेतनामूलक उक्त स्टिकर जिल्लामा गुड्ने सबै सवारीसाधनमा टाँसिने प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस