ब्राजिल । विश्वमा कैयौं प्रकारका आश्चर्य छन् । जसलाई हेर्दा समेत पत्याउन ग्राहो हुन्छ । ब्राजिलको सैन्टोस शहरमा यस्तै एक आश्चर्यको चीज त्यस शहरको आकर्षण बनेको छ । त्यस शहरमा बनेको एउटा भवन कैयौं मानिसको आर्कषणको केन्द्र छ ।
सैन्टोस शहरको यो भवन बनावटका कारण विश्वभर चर्चामा पुगेको छ । खासमा यो भवन पीसाको झुकेको भवन झै ढल्किएको छ । यो भवन लामो समयदेखि यस्तै अवस्थामा छ । यतिमात्र होइन, यो भवन क्रमश बढ्दै समेत गएको छ । जसका कारण यो भवन झन् झन् झुक्दै गएको छ ।
सैन्टोस स्काइलाइनमा करिब ६ सय ५१ भवन छन् । यसमध्ये केही भवन ५ इञ्चसम्म झुकेका छन् । जो खासै थाहा पाउन सकिदैन । तर केही भवन भने २ मीटरसम्म झुकेका कारण परैबाट भवन टेढो देखिन्छ ।
सैन्टोस शहरका अपार्टमेन्ट सन् १९५० र १९६० दशकका बनाइएको थियो । त्यस समय भवन बनाउँदा आर्किटेक्ट्सले सस्तो तरिका अपनाउदै खर्च बचाउन अण्डरग्राउण्ड गहिरो बनाएनन् । साथै यसमा कंक्रिट पैडिंगको प्रयोग गरिएको थियो । जानकारी रहोस् कंक्रीटको पैडिंग धेरै गहिरो हुदैन । साथै यो भवन बालुवाको ७ मीटर मोटो तहमा बनेको छ जो लिस्याइलो माटोमा हुन्छ । जसका कारण यो भवन हरेक पटक ढल्किदै जान्छ ।
यसरी झुकिरहेको भवनका कारण त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन् । तर कारण झुकेको भवन भने होइन । खासमा भवन झुकेका कारणले ती अपार्टमेन्टमा बनेका ढोका र झ्याल ठीक तवरले बन्द हुदैनन् । साथै भुई पनि समतल हुदैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० फागुन २०७७, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ वर्षीय जोसेफ बने फोर्टनाइटका कान्छा व्यावसायिक खेलाडी
अपराधीलाई फासी दिइनुअघि जल्लादले कानमा भन्छन् केही कुरा, के भन्छन् त जल्लादले ?
नारी दिवसमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता..
यस्तो ठाउँ जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्
यस्तो देश जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही
एउटा त्यस्तो मेला जहाँ अर्काकी श्रीमती चोर्न पाइन्छ