भरतपुर कारागारबाट १३ कैदीले पाए आममाफी

सफल खबर संवाददाता

शुक्रबार, ०७ फागुन २०७७, १६ : ५५
भरतपुर कारागारबाट १३ कैदीले पाए आममाफी

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन् ।

आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच जना, कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका चार जना रहेको काफ्लेले जानकारी दिए । कार्यालयले २६ जनाको सिफारिस गरेकोमा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो । दुई सय ५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिकासमेत रहेको काफ्लेले बताए।
 
 

प्रतिक्रिया दिनुहोस