नेकपा निकट पेशागत महासंघमा थापा

रासस

आइतबार, २५ माघ २०७७, १३ : २०
नेकपा निकट पेशागत महासंघमा थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट पेशागत महासङ्घ नेपाल कोनेप को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ । महासङ्घका संयोजक विश्वनाथ प्याकुरेयाललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । 

भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस्तार गरी २७५ बनाएको छ । विभिन्न २३ घटक संस्था र ६२ जिल्ला कमिटी रहेको महासङ्घका काठमाडौँ उपत्यका प्रदेशसहित आठ प्रदेशका नेतृत्व पनि हेरफेर भएकाले अब आफूहरु गतिशीलताका साथ अघि बढ्ने संयोजक थापाले जानकारी दिए । भेलाको शनिबार नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस