बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् । आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।
बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिए । आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ ।
शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ माघ २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि