काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ ।”
पूर्व प्रधानमन्त्री दाहालले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाइ स्मरण गर्दै सही विचार भए पार्टी नभए पनि पाटी बनाउने प्रक्रिया अगाडि बढ्ने र जनताले साथ दिने भनाइ व्यक्त गर्नुभयो ।
पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँँदै उहाँले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताउनुभयो ।
पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै केही नेताले पार्टी फुट्ने धम्की दिने गरेको स्मरण गर्दै उहाँले कम्युनिष्टविरोधी प्रवृत्तिविरुद्ध सङ्घर्ष शुरु भएको धारणा राख्नुभयो ।
व्यक्तिवाद र महत्वाकाङ्क्षाका कारण जनताले सङ्घर्ष गरेर ल्याएको कारण उपलब्धि धरापमा परेको र मुलुक अँध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आफूहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको विश्वास जित्ने कुरा नै महत्वपूर्ण भएकाले आफूहरु जनतामा आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २३ माघ २०७७, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकता आवश्यक छ: प्रचण्ड
‘निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ’ : ‘प्रचण्ड’
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न ‘प्रचण्ड’को अपिल
जेनजेडले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ : प्रचण्ड
अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने